मुस्ताङ भ्रमण गएका लिबर्टी कलेजका विद्यार्थी सवार बस दुर्घटना, १६ घाइते

हिमाल प्रेस १८ वैशाख २०८१ १२:५६ | Tuesday, April 30, 2024
मुस्ताङ भ्रमण गएका लिबर्टी कलेजका विद्यार्थी सवार बस दुर्घटना, १६ घाइते

पोखरा- काठमाडौँको लिबर्टी कलेजका विद्यार्थी सवार बस दुर्घटना भएकाे छ। मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा मंगलबार बिहान करिब ९ बजे प्रदेश नं ३–०१००६ख ६२२ नं को रिजर्भ बस कागबेनी–मुक्तिनाथ सडक खण्डमा पर्ने घुम्तीमा दुर्घटना भएको हो।

बसमा चालकसहित ३३ जना सवार रहेकोमा १६ विद्यार्थी घाइते भएका हुन्। प्रहरी चौकी कागबेनी मुस्ताङका उनीहरूको अवस्था सामान्य छ। लिबर्टी कलेज काठमाडौँको अनामनगरमा छ। बस रिजर्भ गरेर विद्यार्थीहरू मुस्ताङलगायतको भ्रमणमा निस्किएका थिए।

दुर्घटनामा पर्नेहरूमा सिराहा लहान–१२ बस्ने वर्ष २० का आदेश आचार्य, भक्तपुर मध्यपुरठिमी–३ बस्ने वर्ष २० का अनुज न्यौपाने, सिराहाको गोलबजार–६ बस्ने वर्ष २१ की ज्योतिकुमारी साह, गुल्मी रुरु–५ बस्ने वर्ष २१ की समीक्षा ज्ञवाली, काठमाडौँको कीर्तिपुर–८ बस्ने वर्ष २० की प्रतीक्षा खड्का, ओखलढुंगा घर भई हाल भक्तपुर चाँगुनारायण बस्ने वर्ष २० की बिन्दा दाहाल, काठमाडौँको एयरपोर्ट बस्ने वर्ष १९ की अनामिका थापा, कैलाली गोदावरी–१० बस्ने वर्ष २१ का ध्रुवराज जोशी, भोजपुरको भोजपुर–९ बस्ने वर्ष २० को पेशल बस्नेत हुन्।

यस्तै, महोत्तरीको जलेश्वर–१ बस्ने वर्ष २२ की रम्मा कुमारी, पाँचथरको कुम्भायोग–१ बस्ने वर्ष २३ का आदेश लावती, सुनसरीको हरहरी–८ बस्ने वर्ष २२ को निशान रसाइली, बटेश्वर २ बस्ने वर्ष २४ को सुरजकुमार परियार, बर्दियाको मधुवन–६ बस्ने वर्ष २० को सुवास नेपाल, काभ्रेको तेमाल–६ बस्ने वर्ष २१ को सौगात त्रिपाठी, सर्लाहीको कौदेना–१ बस्ने वर्ष २० को राहुल, काठमाडौँ–३५ बस्ने साइरस तामाङ, भक्तपुरको सूर्यविनायकका वर्ष २१ की अनामिका सुवार, जनकपुर–११ का वर्ष २२ का दीपककुमार निधि, सर्लाहीको हरिवन–४ बस्ने वर्ष २२ को नीरञ्जन साह, डोटीको शिखर–८ बस्ने वर्ष २१ को रोहित बलायर पनि सामान्य घाइते छन्।

प्रकाशित: १८ वैशाख २०८१ १२:५६ | Tuesday, April 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast