इलाम-२ : सुहाङको अग्रता कायमै

हिमाल प्रेस १७ वैशाख २०८१ २१:०३ | Monday, April 29, 2024
इलाम-२ : सुहाङको अग्रता कायमै

इलाम– प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले अग्रता कायमै राखेका छन्।

४६ हजार ५६९ मत गणना भइसक्दा नेम्बाङले १९ हजार ११४ मत प्राप्त गरेका छन्। कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६७५ मत प्राप्त गरेका छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले ९ हजार ४१०, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ३ हजार २४२ मत प्राप्त गरेका छन्। मत गणना भएकोमध्ये ६१६ वटा मत भने बदर भएका छन्।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। इलाम-२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो।

प्रकाशित: १७ वैशाख २०८१ २१:०३ | Monday, April 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast