
काठमाडौँ- फिल्म २०२३ सालमा प्रदर्शन भएको फिल्म ‘माइतीघर’का नायक सिपी (चिदाम्बरम प्रसाद) लोहनीको ८६ वर्षको उमेरमा निधन भएको छ।
काठमाडौँको माइतीघरस्थित् अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत लोहनीको सोमबार निधन भएको परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले जानकारी दिए।
श्वास-प्रश्वासमा समस्या देखिएपछि उनकाे केही दिनदेखि अन्नपूर्ण अस्पतालमा आइसियुमा उपचार भइरहेको थियो। बिएस थापाले निर्देशन गरेको फिल्मको मुख्य भूमिकामा थिए लोहनी। अभिनेत्रीको रुपमा बलिउड नायिका माला सिन्हा थिइन। उनीसँग नै लोहनीले विवाह गरेका थिए।
उनले माइतीघर फिल्मको गीत ‘उँभोमा झर्ने’ बाेलकाे गीत पनि गाएका थिए। त्यस्तै ‘काला कुर्तैले’, ‘आँखामा तिम्रो’, ‘एउटा तारा झर्दा पनि’, ‘गरौंला हामी’लगायत उनकाे थुप्रै गीत चर्चित छ।
तत्कालीन समयमा राजा ज्ञानेन्द्रको शासनकालमा भएको चलचित्र समारोहमा चलचित्र विकास बोर्डले उनलाई नेपाली फिल्ममा गरेको योगदानको स्मरण गर्दै सम्मान गरेको थियो।