साढे ६ लाखले हेरे ‘फर्की फर्की’ को शीर्ष गीत

हिमाल प्रेस १७ वैशाख २०८१ १४:०४ | Monday, April 29, 2024
साढे ६ लाखले हेरे ‘फर्की फर्की’ को शीर्ष गीत

काठमाडौँ- अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘फर्की फर्की’ को शीर्ष गीत दुई दिनमा साढे ६ लाखले हेरेका छन्। वैशाख १५ गते सार्वजनिक गरिएको गीत दर्शकले रुचाएका छन्।

किरण थापाको कोरियोग्राफी रहेको गीतमा फिल्मका अभिनेता अनमोल र अभिनेत्री जसिता गुरुङको रोमान्टिक नृत्य देख्न सकिन्छ। गीतमा रोमन बज्राचार्य र निकिता थापाको स्वर छ। गीत रोमनकै शब्द, संगीत र संगीत संयोजनमा बनेको छ।

सुयोग गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायत कलाकारको अभिनय छ। फिल्म आगामी जेठ १० गते प्रदर्शन हुनेछ।

नरेन्द्र मैनालीले छायांकन गरेको फिल्म सुरेन्द्र पौडेले सम्पादन गरेका छन्। रोहित अधिकारी र ओम प्रकाश अग्रवालले लगानी गरेका छन्।

यस्ताे छ गीत

प्रकाशित: १७ वैशाख २०८१ १४:०४ | Monday, April 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast