यस्तो छ ‘खजुरे ब्रो’ को ट्रेलर

हिमाल प्रेस १७ वैशाख २०८१ ११:५८ | Monday, April 29, 2024
यस्तो छ ‘खजुरे ब्रो’ को ट्रेलर

काठमाडौँ- सुरज सुनुवारको निर्देशनमा बनेको फिल्म ‘खजुरे ब्रो’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलर बुढा सुब्बा डिजिटल युट्यब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

कमेडी शैलीमा बनेको फिल्मको ३ मिनेट २० सेकेन्डको ट्रेलरमा खजुरे ब्रोको दैनिकी, सहकारीका बचतकर्ताबाट लुटिएको धन लुकाउने संघर्ष र पीडितको कथा प्रस्तुत गरिएको छ।

फिल्ममा नीति शाह, रेयर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिप चन्द्रराईलगायत कलाकारहको अभिनय छ। शिशिर विशंखेको छायांकन गरेको फिल्म मित्र डी गुरुङले सम्पादन गरेका छन्। फिल्म सुरज सुनुवारले निर्देशन गरेका हुन्।

वैशाख २८ गते प्रदर्शन हुने फिल्म धरानका र आसपासका क्षेत्रमा चर्चित खजुरे पात्रको कथामा आधारित छ। धरान आसपासमा डुलि हिँड्ने यी पात्रको केही वर्ष अगाडि मृत्यु भइसकेको छ। युट्युबमा उनी कस्ता थिए भनेर देखाउने भिडियोहरु प्रशस्त छ।

जीवनको पछिल्लो समयमा धरानमा मानिसहरुका लागि मनोरञ्जनको पात्र बनेका उनी त्यो अवस्थामा आइपुग्नुका पछाडि दु:खान्त कहानी रहेको बताइन्छ। फिल्मले तिनै घटनाहरुलाई आफ्नो विषय बनाएको छ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोजसँगको सहकार्यमा फिल्म बनेको छ। फिल्मका निर्माता नवीन मानन्धर तथा निर्देशक सुनुवार हुन्। डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्मातामा छन्।

प्रकाशित: १७ वैशाख २०८१ ११:५८ | Monday, April 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast