बझाङमा पनि सुरु भयो मतगणना

हिमाल प्रेस १६ वैशाख २०८१ १४:१० | Sunday, April 28, 2024
बझाङमा पनि सुरु भयो मतगणना गणनाका लागि राखिएको मतपत्रको थुप्रो।

काठमाडौँ- बझाङ क्षेत्र नम्बर–१ ‘क’मा मतगणना सुरु भएको छ। सदरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा आइतबार दिउँसो मतगणना थालिएको हो। छबिसपाथिभेरा गाउँपालिकाबाट मतगणना सुरु गरिएको छ। दुई स्थानमा मतगणना गरिएको जिल्ला निर्वाचन अधिकृत मानबहादुर धामीले जानकारी दिए।

बझाङ–१ ‘क’मा ६१ हजार ७४८ मतदाता रहेकामा करिब ५० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। सो क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढा, नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहसहित ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। उता इलाम-२ मा पनि मतगणना भइरहेको छ।

प्रकाशित: १६ वैशाख २०८१ १४:१० | Sunday, April 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast