वेस्टइन्डिज ‘ए’ ले टस जित्यो, बलिङमा नेपाल

हिमाल प्रेस १६ वैशाख २०८१ १२:०९ | Sunday, April 28, 2024
वेस्टइन्डिज ‘ए’ ले टस जित्यो, बलिङमा नेपाल

काठमाडौँ- नेपालविरुद्धको दोस्रो खेलमा वेस्टइन्डिज ‘ए’ ले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दोस्रो टि–२० प्रतियोगितामा वेस्टइन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो। आजको खेलमा नेपालका प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित अनिल शाह, सागर ढकाल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, आकाश चन्द र लोकेश बम छन्।

साथै वेस्ट इन्डिज ‘ए’को प्लेइङ ११ मा कप्तान रोस्टन चेज, एलिक अथान्जे, केसी कार्टी, जोनसन चाल्र्स, आन्द्रे फेलचर, म्याथ्यु फर्ड, ओबेद, म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स छन्।

प्रकाशित: १६ वैशाख २०८१ १२:०९ | Sunday, April 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast