राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

हिमाल प्रेस १६ वैशाख २०८१ ११:५४ | Sunday, April 28, 2024
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन्।

राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनका सन्दर्भमा अध्यादेश जारी गरिएको हो।

प्रकाशित: १६ वैशाख २०८१ ११:५४ | Sunday, April 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast