चार लाख धरौटी बुझाएर रिहा भए दिपेश पुन

हिमाल प्रेस १४ वैशाख २०८१ १७:४६ | Friday, April 26, 2024
चार लाख धरौटी बुझाएर रिहा भए दिपेश पुन दिपेश पुन

काठमाडौँ- बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका दिपेशकुमार पुन रिहा भएका छन्। यो प्रकरणमा अदालतले रिहा गर्न आदेश दिएको एक हप्तापछि शुक्रबार पुन धरौटी रकम जम्मा गरेर रिहा भएका हुन्।

वैशाख ७ गते रुपन्देही जिल्ला अदालतले पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। न्यायाधीश डा.श्रीप्रकाश उप्रेतीको इजलासले पुनसँग ४ लाख धरौटी माग गरेको थियो। उक्त रकम आज (एक हप्ता पछि) बुझाएर पुन छुटेका हुन्।

दिपेश पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन्। अरु पाँच जना भने आदेश भएकै दिन धरौटी रकम बुझाएर छुटेका थिए।

प्रकाशित: १४ वैशाख २०८१ १७:४६ | Friday, April 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast