भोजपुर : २३ सय बढी सुरक्षाकर्मी परिचालन

हिमाल प्रेस २ मंसिर २०७९ ९:२३ | Friday, November 18, 2022
भोजपुर : २३ सय बढी सुरक्षाकर्मी परिचालन

भोजपुर- आसन्‍न मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरमा दुई हजार तीन सय बढी सुरक्षाकर्मी परिचालन गरिएका छन्।

जिल्लामा ८७  मतदानस्थल र दुई अस्थायीसहित एक सय ५७ वटा मतदान केन्द्र कायम गरिएका छन्। ती सबै मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए। मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित सुरक्षा व्यवस्था मिलाइएको उनले बताए।

जिल्लामा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको सुरक्षा व्यवस्था मिलाइएको सुरक्षा निकायले जनाएका छन्। जिल्लामा आठ सय ६० जना म्यादी प्रहरी, पाँच सय ३०  नेपाल प्रहरी, दुई सय १५सशस्त्र प्रहरी र करिब सात सय बराबर नेपाली सेना परिचालन गरिएको जनाइएको छ।

जिल्लामा ३० मिनेटभित्र पुग्न सक्नेगरी पर्याप्त सुरक्षाकर्मीको ‘रिजर्भ फोर्सको’समेत व्यवस्था गरिएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउने आवश्यक सुरक्षा प्रबन्ध मिलाइ सकिएको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले बताए। उनले सबै मतदान केन्द्रमा मतदान अधिकृतसहितको टोली पुगिसकेको बताए।

निर्वाचनका लागि जिल्लामा एक सय ५७ जना मतदान अधिकृत, एक सय ५७ जना सहायक मतदान अधिकृत र अन्य सहायक कर्मचारी गरी एक हजार दुई सय ४६ जना कर्मचारी परिचालन गरिएको छ।

जिल्लामा प्रतिनिधिसभातर्फ १२ जना, प्रदेश (१) मा सात जना र प्रदेश (२) मा छ जना गरी २५ जनाको उम्मेदवारी छ। भोजपुरमा ६४ हजार एक सय २५ पुरुष, ५९ हजार दुई सय ५३ जना महिला र एक जना अन्य गरी कुल एक लाख २३ हजार तीनसय ७९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख तोपलाल भुसालले जानकारी दिए।

प्रकाशित: २ मंसिर २०७९ ९:२३ | Friday, November 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast