काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने

हिमाल प्रेस १४ वैशाख २०८१ ८:०४ | Friday, April 26, 2024
काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको तार परिवर्तन गर्ने भएको छ।

यस प्रयोजनको लागि आगामी शनिबार, सोमबार र मंगलबार यस क्षेत्रका विभिन्न स्थानहरूमा विद्युत् आपूर्ति बन्द हुने बताइएको छ ।

सीतापाइला (कुलेश्वर वितरण केन्द्र) मा आगामी शनिबार, सोमबार र मंगलबार र इचड्गु फिडर र एलटी लाइन फिडर (बालाजु वितरण केन्द्र)मा आइतबार विद्युत् आपूर्ति प्रभावित हुने सूचनामा उल्लेख छ।

प्रकाशित: १४ वैशाख २०८१ ८:०४ | Friday, April 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast