एनएमबि बैंकको मान्यजन बचत खातामा ९.१३३ प्रतिशत ब्याज

हिमाल प्रेस २ मंसिर २०७९ ९:२२ | Friday, November 18, 2022
एनएमबि बैंकको मान्यजन बचत खातामा ९.१३३ प्रतिशत ब्याज

काठमाडौँ- एनएमबि बैंकले एनएमबि मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ। ज्येष्ठ नागरिकका लागि ल्याइएको यो खातामा ९.१३३ प्रतिशत ब्याजदर तोकिएको बैंकले जनाएको छ। यसमा ग्राहकको प्राथमिकताका आधारमा घरेलु बैंकिङ सुविधासमेत उपलब्ध गराउने बैंकको भनाइ छ।

२६ वर्षदेखि सेवा दिँदै आएको बैंकल बेलायतको ‘द ब्यांकर’ पत्रिकाद्वारा ‘बैंक अफ दि इयर एसिया, २०२१’ प्राप्त गरेको थियो। बैंकले हालसम्म चार पटक उक्त पत्रिकाद्वारा एसियाकै उत्कृष्ट बैंकको उपाधि पाइसकेको छ।एनएमबि बैंकका देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टर छन्।

प्रकाशित: २ मंसिर २०७९ ९:२२ | Friday, November 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast