बढ्यो सुनको भाउ

हिमाल प्रेस १२ वैशाख २०८१ ११:४३ | Wednesday, April 24, 2024
बढ्यो सुनको भाउ

काठमाडौँ- सुनको मूल्य बढेको छ।

अघिल्लो दिन प्रतितोला दुई हजार सात सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।

 

प्रकाशित: १२ वैशाख २०८१ ११:४३ | Wednesday, April 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast