
काठमाडौँ- ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ को सबटाइटल राउण्ड काठमाडौँबाहिर आयोजना हुने भएको छ। मंगलबार यस प्रतियोगिताको ट्यालेन्ट राउण्ड र स्विम वेयर राउण्ड पर्वतको कुश्मामा हार्नेस् जिपलाइन एण्ड एडभेन्चर रिसोर्टमा सञ्चालन हुँदैछ।
यी राउण्डमा अन्तिम ३० प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिनेछन्, जसबाट सबटाइटल विजेता छनोट हुनेछन्। तर विजेताको नाम भने फिनालेमा घोषणा गरिनेछ। यस इभेन्टको लागि प्रतियोगीहरू कुश्मामा पुगिसकेका छन्।
प्रतियोगिताको थप विस्तारका लागि पहिलोपटक उपत्यकाबाहिर कार्यक्रम गर्न लागिएको सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एण्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले बताए। साथै यस्ता कार्यक्रमले स्थानीय क्षेत्रको पर्यटनमा पनि टेवा पुर्याउने उनको भनाइ छ।
यसपछि टप मोडल राउन्ड र एलिगेन्स राउन्ड ललितपुरको पाटन दरबार म्युजिममा गरिनेछ। फिनाले भने वैशाख १९ गतेका दिनमा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ।
फिनालेमा विजेताहरूलाई ५ लाख बराबरको गिफ्ट ह्याम्परका साथै मिडिया एक्स्पोजर र नेपालको प्रतिनिधित्व गर्न मिस्टर एण्ड मिस सुप्रा नेसनल नेपाल २०२४ लाई पोल्यान्ड, मिस्टर इन्टरनेसनल नेपाल २०२४ लाई थाइल्यान्ड, मिस ग्लोब नेपाल २०२४ लाई अल्बानिया र मिस इन्टर कन्टिनेन्टल नेपाल २०२४ लाई इजिप्ट पठाइने आयोजकले जनाएको छ।