सुशासन र विकास पार्टीको ‘एजेन्डा’ हुनुपर्छ : गगन थापा

हिमाल प्रेस ४ वैशाख २०८१ १५:१० | Tuesday, April 16, 2024
सुशासन र विकास पार्टीको ‘एजेन्डा’ हुनुपर्छ : गगन थापा कांग्रेस महामन्त्री गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको मुख्य ‘एजेन्डा’ हुनुपर्ने बताएका छन्। ‘समुदायमा कांग्रेस संवाद कार्यक्रम’का क्रममा मंगलबार धनगढीमा अयोजित कार्यक्रमा महामन्त्री थापाले विकासका सावलमा दलहरूबीच राष्ट्रिय बहस छलफल गरी साझा धारणा बनाउन, भ्रष्टाचार निर्मुल गर्न र कानुनी शासनलगायतका मुद्दामा कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए।

पार्टीको एजेन्डा २०८४ का लागि नभई आज देखिएका यावत समस्याको समाधानका लागि हुनुपर्ने बताउँदै उनले भने, ‘वर्ष २०८१ लाई पार्टी शुद्धीकरण र पुनःजागरणको वर्ष बनाउनुपर्छ, एक वर्ष कांग्रेसले सिंहदरबार, बालुबाटार नहेरी राष्ट्रका मुख्य–मुख्य समस्या समाधान खोज्न पहल गर्नुपर्ने बेला आएको छ।’

पार्टीको भविष्यको नीति योजना बनाउनका लागि संवाद यात्रामा आएका सुझावले टेवा पुर्‍याउने उनले बताए। पार्टी सञ्चालन प्रक्रिया त्रुटिपूर्ण हुँदा पार्टीमा गुट उपगुटको समस्या देखिएको भन्दै उनले गुटबन्दीविरुद्ध उपचार खोज्ने बेला आएको बताए।

प्रकाशित: ४ वैशाख २०८१ १५:१० | Tuesday, April 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast