न्यायाधीश भुवन गिरी कारागार चलान

हिमाल प्रेस ३ वैशाख २०८१ १२:४९ | Monday, April 15, 2024
न्यायाधीश भुवन गिरी कारागार चलान पूर्वन्यायाधीश गिरी

काठमाडौँ- निलम्बित न्यायाधीश भुवन गिरी डिल्लीबजार कारागार चलान भएका छन्। वैवाहिक बलात्कार मुद्दा खेपिरहेका गिरी आज सोमबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका थिए। २०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्न आदेश गरेका थिए।
उनकी पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् ।

२०७९ चैत २८ मा पक्राउ परेका उनी अदालतको आदेशले रिहा भएका थिए। कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी परेपछि उनी निलम्बनमा थिए।

प्रकाशित: ३ वैशाख २०८१ १२:४९ | Monday, April 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast