मुगु- मुगुस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ। शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक व्यक्ति बैंकभित्र पसेको बैंकको सीसी क्यामेरामा देखिएको छ।
उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ। बैंकमा एक मात्र सुरक्षाकर्मी भएको र राति ८ बजेसम्म ड्युटी भएकाले त्यही मौकामा अज्ञात व्यक्ति मूल ढोका फोडेर भित्र प्रवेश गरेको देखिएको छ।
ती व्यक्ति बजार घुमिरहने मानसिक अवस्था ठिक नभएको एक युवकजस्तो देखिएको र खोजी भइरहेको प्रहरीले जनाएको छ। बैंकको ढोका फोडिएको र जुत्ता र खुकुरी चोर्नेबाहेक अरू कुनै क्षति नभएको प्रहरीले जनाएको छ। रासस
प्रकाशित: २ वैशाख २०८१ १४:५७ | Sunday, April 14, 2024
प्रतिक्रिया




