लालीगुराँस हेर्न लाप्राकमा पर्यटक

हिमाल प्रेस २ वैशाख २०८१ १४:११ | Sunday, April 14, 2024
लालीगुराँस हेर्न लाप्राकमा पर्यटक

गोरखा- पाखाभरी ढकमक्क लागीगुँरास फूल्न थालेपछि लाप्राकमा आन्तरिक पर्यटक बढ्न थालेका छन्। धार्चे गाउँपालिका–४ मा पर्ने लाप्राकका डाँडा यतिबेला लालीगुँरासले भएिको छ। ‘लालिगुराँस फुल्न थालेपछि अघिपछि भन्दा यो याममा धेरै पर्यटक लाप्राक आउनेजाने क्रम बढेको छ’, वडाध्यक्ष किसान गुरुङले भने, ‘डाँडाभरी विभिन्न रङका लालीगुराँसका फुलेपछि यस क्षेत्रको थप सुन्दर बनेको छ।’

हिउँ परेका बेलामा पनि पर्यटक आउने गरेको भन्दै उनले यसपटक लालीगुँरास हेर्न आउनेको भीड बढेको बताए। लाप्राकमा पर्यटक बढ्न थालेपछि होटल व्यवसायीसमेत खुसी भएका छन्। लाप्राककी होटल व्यवसायी स्नेह गुरुङले लालीगुराँस फुलेको हेर्न आउने पर्यटकले लाप्राकका अधिकांश होटल भरिभराउ भएको बताइन्।

भूकम्पपछि लाप्राकको पुरानो बस्तीलाई स्थानान्तरण गर्नका लागि गुप्सीपाखामा निर्माण गरेको एकीकृत नमुनाबस्ती पनि लाप्राकको अर्को आर्कषक पर्यटकीय गन्तव्य बनेको छ।

गुप्सीपाखास्थित एकीकृत नमुनाबस्तीमा रहेका एउटै मोडलका पाँच सय ७३ घर अत्यन्तै आर्कषक देखिन्छ। उक्त बस्तीमा गुप्सीपाखा सामुदायिक घरबास समेत सञ्चालनमा छ। पर्यटकको सङ्ख्या बढ्न थालेपछि घरबासमा समेत राम्रो व्यापार हुनथालेको होमस्टे सञ्चालक समितिका अध्यक्ष होमसिंह गुरुङले जानकारी दिए। रासस

प्रकाशित: २ वैशाख २०८१ १४:११ | Sunday, April 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast