एमाले पर्वतमा पदम गिरी समूह विजयी

हिमाल प्रेस १ वैशाख २०८१ १३:३२ | Saturday, April 13, 2024
एमाले पर्वतमा पदम गिरी समूह विजयी

काठमाडौँ- नेकपा एमाले पर्वत जिल्ला १० औँ अधिवेशनमा नयाँ नेतृत्वमा गोबिन्द पहाडी विजयी बनेका छन्।

उनी कानुनमन्त्री पदम गिरी समूहका हुन्। गिरीको गृहजिल्ला पर्वतमा निवर्तमान राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना तथा पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र गिरी समूह एकआपसमा भिडेको थियो।

शुक्रबार भएको निर्वाचनमा गोविन्द पहाडी तिमिल्सिना–सुब्बा समूहका पदमपाणी शर्मालाई पराजित गर्दै पर्वतको एमाले पार्टी जिल्ला नेतृत्वमा गोबिन्द पहाडी विजयी भएका हुन्।

पहाडीले १२७ मतको फराकिलो अन्तरले शर्मालाई पराजित गरेका हुन्। शर्माले १ सय २७ मत ल्याउँदा पहाडीले २ सय २८ मत प्राप्त गरे। त्यसैगरी विमल लामिछानेले २१७ मत प्राप्त गर्दै मिनप्रसाद श्रेष्ठलाई पराजित गरे।

श्रेष्ठले १४८ मत प्राप्त गरे। यस्तै १ सय ८८ मतसहित सुवासचन्द्र पौडेल सचिवमा निर्वाचित हुँदा उनका प्रतिष्पर्धी शिव प्रसाद पौडेलले १ सय ७२ मत पाए।

उपसचिव खुल्लमा चण्डीप्रसाद भुर्तेलले जीवन विक्रम उचैलाई पराजित गरे। उनीहरूले क्रमशस् १८८ र १७२ मत प्राप्त गरेका थिए। उता महिलातर्फ भने विन्दु अधिकारी २ सय १६ मतसहित विजयी बन्दा सरिता भण्डारीले १ सय ४५ मत पाइन्।

प्रकाशित: १ वैशाख २०८१ १३:३२ | Saturday, April 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast