मलेसियाले दियो नेपाललाई १४४ रनको लक्ष्य

हिमाल प्रेस ३० चैत २०८० १७:५६ | Friday, April 12, 2024
मलेसियाले दियो नेपाललाई १४४ रनको लक्ष्य

काठमाडौँ- एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा मलेसियाले नेपालले मलेसियासामू १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १४३ रनको योगफल तयार पार्‍यो।

मलेसियाका लागि कप्तान वीरनदिप सिंहले ५७ बलमा समान चार छक्का र चौकाको मद्दतले अविजित ७२ रनको योगदान गरे। यसैगरी सार्विन मुनिएन्डी ४१ र महोम्मद आमिरले १६ रन बनाए।
दोस्रो विकेटका लागि सिंह र मुनिएन्डीले ८२ रनको साझेदारी गरे। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा अविनाश बोहराले एक विकेट लिए।

एसीसी प्रिमियर लिग : मलेसियाविरुद्ध टस हारेर फिल्डिङमा नेपाल

प्रकाशित: ३० चैत २०८० १७:५६ | Friday, April 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast