एसीसी प्रिमियर लिग : मलेसियाविरुद्ध टस हारेर फिल्डिङमा नेपाल

हिमाल प्रेस ३० चैत २०८० १६:१५
6
SHARES
एसीसी प्रिमियर लिग : मलेसियाविरुद्ध टस हारेर फिल्डिङमा नेपाल

काठमाडौँ- एसीसी प्रिमियर लिगमा मलेसियाले नेपाललाई फिल्डिङको निम्तो दिएको छ। साविक विजेता नेपालले टु हारेसँगै मलेसियाले फिल्डिङको निम्तो दिएको हो। ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर मलेसियाका कप्तान अहमद फैजले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिए।

यसअघि घरेलु मैदानमा भएको प्रतियोगिताको उपाधि जित्दै नेपालले गत संस्करणको एसिया कप खेलेको थियो। आज मलेसियाविरुद्ध मैदान उत्रिँदा नेपाली टिम सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ। यसअघि एकदिवसीय संरचनामा सञ्चालन भएको प्रतियोगिताको यस संस्करण भने ट्वान्टी–२० संरचनामा हुनेछ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, साउदी अरेबिया र कतार छन्। प्रतियोगितामा कुल १० टिमको सहभागिता छ। गत संस्करणझै यस संस्करणमा पनि विजेताले आगामी वर्ष ट्वान्टी–२० संरचनामा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ।

प्रकाशित: ३० चैत २०८० १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 19 =