‘खजुरे ब्रो’ को टिजर सार्वजनिक

हिमाल प्रेस ३० चैत २०८० १५:४८ | Friday, April 12, 2024
‘खजुरे ब्रो’ को टिजर सार्वजनिक

काठमाडौँ- फिल्म ‘खजुरे ब्रो’ को टिजर सार्वजनिक भएको छ। एक मिनेट ३८ सेकेन्डकाे टिजरमा साथीको सम्बन्धसहित प्रेम र खजुरेको संघर्षलाई देखाउन खोजिएको छ।

फिल्ममा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीप चन्द्र राईलगायत कलाकारको अभिनय छ।

कमेडी जनरामा बनेको फिल्मका निर्देशक सुरज सुनुवार हुन्। वैशाख २८ गते प्रदर्शन हुने फिल्म धरानका र आसपासका क्षेत्रमा चर्चित खजुरे पात्रको कथामा आधारित छ।

धरान आसपासमा डुलिहिँड्ने यी पात्रको केही वर्ष अगाडि मृत्यु भइसकेको छ।युट्युबमा उनी कस्ता थिए भनेर देखाउने भिडियोहरु प्रशस्त छ। जीवनको पछिल्लो समयमा धरानमा मानिसहरुका लागि मनोरञ्जनको पात्र बनेका उनी त्यो अवस्थामा आइपुग्नुका पछाडि दु:खान्त कहानी रहेको बताइन्छ। फिल्मले तिनै घटनाहरुलाई आफ्नो विषय बनाएको छ।

कलाकार नविन मानन्धर तथा निर्देशक सुनुवारको संयुक्त निर्माण रहेको फिल्म सह-निर्मातामा सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर छन्। डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन्। शिशिर बिसंखेको छायांकन रहेको फिल्म मित्र डि गुरूङको सम्पादन छ।

प्रकाशित: ३० चैत २०८० १५:४८ | Friday, April 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast