कास्की कांग्रेसका पुराना नेता खेमराजको निधन

हिमाल प्रेस ३० चैत २०८० १४:०५ | Friday, April 12, 2024
कास्की कांग्रेसका पुराना नेता खेमराजको निधन

पोखरा- नेपाली कांग्रेसका पुराना नेता खेमराज पौडेलको निधन भएको छ। पोखराको फेवासिटी हस्पिटलमा उपचारकै क्रममा आज बिहान उनको ८१ बर्षको उमेरमा निधन भएको कांग्रेसका युवा नेता तथा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले जानकारी दिए।

उनको शव केहीबेर पार्टी कार्यालय चिप्लेढुंगामा राखिँदै छ। लगत्तै आजै पोखराको रामघाटमा दाहसंस्कार गरिने कांग्रेस कास्कीले जनाएको छ। उनका श्रीमती, २ छोरा र ३ छोरी छन्।

कांग्रेसका महाधिवेसन प्रतिनिधि पौडेल पोखरा २२ लुकुन्स्वाँरामा स्थायी घर भई पोखराका विभिन्न विद्यालयमा लामो समय अध्ययापन गराएका थिए। पोखराको शुक्रराज माविका संस्थापक प्रध्यानाध्यापक हुँदै पोखराको राष्ट्रिय मावि, छोरेपाटन मावि लगायतमा उनले लामो समय अध्ययापन गराएका थिए। उनी पोखरा क्षेत्रमा शिक्षकका रुपमा परिचित थिए। तत्कालिन प्रजातान्त्रिक कांग्रेस कास्की सभापतिसमेत रहेका उनी एमाले सांसद रविन्द्र अधिकारीको निधनपछि भएको उपनिर्वाचनमा उम्मेदवार भएका थिए।

प्रकाशित: ३० चैत २०८० १४:०५ | Friday, April 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast