दार्चुलामा समयमै पुग्याे पाठ्यपुस्तक

हिमाल प्रेस ३० चैत २०८० ५:५९ | Friday, April 12, 2024
दार्चुलामा समयमै पुग्याे पाठ्यपुस्तक

दार्चुला- दार्चुलामा यस वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ। बर्सेनि पाठ्यपुस्तक अभाव हुने यस जिल्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै पाठ्यपुस्तक पुगेको हो।

आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक बिक्रेताहरूकहाँ पाठ्यपुस्तक पुगिसकेको शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिए।

उनका अनुसार निःशुल्क रूपमा उपलब्ध हुने कक्षा १ देखि कक्षा १० सम्मका २२ हजारभन्दा बढी पाठ्यपुस्तक जिल्लाका नौवटै स्थानीय तहमा पुगिसकेका छन्। यही चैत २० गतेदेखि जिल्लामा पाठ्यपुस्तक भित्रिन थालेको हो।

‘विद्यार्थीले भर्ना हुने बित्तिकै पाठ्यपुस्तक पाउने अवस्था छ,आगामी वैशाख ५ गते पाठ्यपुस्तक दिवसका दिन विद्यार्थीको हातहातमा पुस्तक दिने तयारी छ’, एकाइ प्रमुख पन्तले भने।

जिल्लामा कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक उपलब्ध छन्। अहिले स्थानीय तहका सबै विद्यालयमा पाठ्यपुस्तक पठाउने काम भइरहेको छ। समयमै पाठ्यपुस्तक पुगेपछि पठनपाठनका लागि सहज हुने उनले बताए।

प्रकाशित: ३० चैत २०८० ५:५९ | Friday, April 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast