‘गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति बन्दैन’

हिमाल प्रेस २९ चैत २०८० २०:४५ | Thursday, April 11, 2024
‘गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति बन्दैन’ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल

बागलुङ-  नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता भएको बताएका छन्। संविधानले नागरिकलाई सबै हिसाबले सुविधा सम्पन्न बनाएको भए पनि कार्यान्वयन नहुँदासम्म नागरिकले महसुस नगर्ने उनले उल्लेख गरे।

नेकपा (एमाले) बागलुङको १०औँ जिल्ला अधिवेशनको आज (बिहीबार) यहाँ उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले नेतृत्वदायी भूमिका निर्वाह गरेर जनआन्दोलनमार्फत व्यवस्था परिवर्तन र नयाँ संविधान ल्याएको एमालेले नै संविधानको कार्यान्वयन तथा नागरिकमा आशा जगाउनुपर्ने बताए। गृहमन्त्री रवि लामिछानेको विषयमा अनुसन्धान गर्न संसदीय छानबिन समिति बन्छ भन्नु भ्रम मात्रै भएको उनको भनाइ छ।

वर्तमान सरकार ढाल्नकै लागि प्रतिपक्षले संसद्को समय बर्बाद गरेर अनुचित माग गरिरहेको उपाध्यक्ष पौडेलको आरोप थियो। गृहमन्त्रीलाई राजीनामा गराउने र वर्तमान समीकरणमा प्वाल पारेर आफू सत्तामा आउनकै लागि नेपाली कांग्रेसले संसदीय समितिको माग गरेको उनको भनाइ थियो।

राज्यका निकायहरूले सहकारी ठगीका विषयमा अनुसन्धान गरिरहेकाले अहिले नै संसदीय छानबिन समितिको आवश्यकता नरहेको उनले बताए।

प्रकाशित: २९ चैत २०८० २०:४५ | Thursday, April 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast