जथाभाबी तान्दा भाँचियो भैरवको रथ

हिमाल प्रेस २९ चैत २०८० ७:२४ | Thursday, April 11, 2024
जथाभाबी तान्दा भाँचियो भैरवको रथ बिस्का जात्राको पहिलो दिन भैरवनाथको रथ तान्दै जात्रालु। तस्बिर : हिमाल प्रेस

भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ। रथ मंगलबार निरन्तर १३ घण्टासम्म तानेर माथिल्लो क्षेत्रको दत्तात्रयसम्म पुर्‍याइएको थियो। फर्काउँदा रथ बुधबार बिहान ३ बजे सुकुलढोकामा ल्याइपुर्‍याएको थियो।

मंगलबार राति नै रथलाई गःहिटी पुर्‍याएर पूजा गर्नुपर्नेमा सुकुलढोकामा नै छाडिएपछि बुधबार पुनः रथलाई तानेर गःहिटी नजिकि ल्याइएको गुठी कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिइन्।

भाँचिएपछि चलनअनुसार रथलाई बुधबार दिँउसो गःपिहटी पुर्‍याउन सकिएन। तान्ने क्रममा मुख्य तीन खामा भाँचिएर रथ बीचमै थन्किएको प्रमुख वलीले जानकारी दिइन्। रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी रहेको छ।

रथ जसरी पनि गःहिटी पुर्‍याएर पूजा गर्ने तथा यही चैत ३० गते ल्यासिंखेलमा लिंगो उठाउनु अगाडि पुर्‍याउनुपर्ने बाध्यता छ। त्यसैले रथ पूर्ण नभई आंशिक रूपमा सञ्चालनमा आउने गरी मर्मत गरिरहेको प्रमुख वलीले बताइन्।  जात्रा सञ्चालनका क्रममा जथाभाबी तान्दा रथ बिग्रिएर क्षति पुगेको र रथ तान्ने डोरीसमेत चोरी भएको प्रमुख वलीले बताइन्।

प्रकाशित: २९ चैत २०८० ७:२४ | Thursday, April 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast