रवि लामिछानेको विषयमा प्रायोजित पत्रकारले भ्रम फैलाए : मनिष झा

हिमाल प्रेस २८ चैत २०८० १२:४५ | Wednesday, April 10, 2024
रवि लामिछानेको विषयमा प्रायोजित पत्रकारले भ्रम फैलाए : मनिष झा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सांसद मनिष झाले संसद्‌मा सभापति रवि लामिछानेप्रति लागेको आरोपको खण्डन गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै झाले प्रायोजित पत्रकारबाट लेखिएको सूचना मात्र रहेको र निष्कर्ष केही नभएको बताएका हुन्।

संसद् नियमावलीमा बोल्न पाइने र कसैलाई निराधार लाञ्छना लगाउन नपाइने लेखेको स्मरण गरे।

‘कानुनले निर्णय दिइसकेको छैन। सुरक्षा निकायले सूचना दिइसक्यो। प्रधानमन्त्रीले सदनमा आएर आफ्नो अभिव्यक्ति दिइसक्नुभयो। चौकीमा कसैले गएर दिएको एउटा उजुरी हो जुन दर्ता भएको छैन,’ उनले भने, ‘आफ्नो प्रायोजित केही पत्रकारहरुलाई लेख्न लगाइएको सूचना मात्र हो त्यसमा प्रश्न छ। निष्कर्ष छैन।’

पटकपटक कुनै व्यक्तिमाथिको प्रहारमाथि आपत्ति रहेको उनले बताए। ‘आउनुहोस् कानुनी र प्रक्रियागत रुपमा जाउँ कति कुन्ठा पालेर बस्नुहुन्छ। यस्तो राजनीतिक नगरौँ,’ उनले भने।

प्रकाशित: २८ चैत २०८० १२:४५ | Wednesday, April 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast