तथ्य र प्रमाणको आधारमा संसद्‌मा प्रस्तुत हुन कांग्रेसलाई सूर्य थापाको चेतावनी

हिमाल प्रेस २८ चैत २०८० १२:४० | Wednesday, April 10, 2024
तथ्य र प्रमाणको आधारमा संसद्‌मा प्रस्तुत हुन कांग्रेसलाई सूर्य थापाको चेतावनी

काठमाडौँ- सत्तारूढ दल नेकपा एमालेका सांसद सूर्य थापाले तथ्य र प्रमाणको आधारमा सदनमा प्रस्तुत हुन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चेतावनी दिएका छन्। सहकारी प्रकरणमा कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग गरिरहेको छ। तर, सत्तारुढ दलहरुले भने समिति बन्न नसक्ने बताइरहेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर बोल्दै उनले सुन काण्डमा एमालेले तथ्यसहित छानबिन समिति गठनको माग गरेको र यसले परिणाम पनि दिएको भन्दै उनले कांग्रेसले पनि प्रमाणसहित विषय उठान गर्नुपर्ने बताए।

‘देशको लागी एजेन्डा तथ्यका आधारमा उठाउँदा परिणामपदिन्छ भन्ने कुरा हिजो सुन काण्डमा एमालेले प्रमाणित गरेको छ,’ उनले भने। उनले सहकारी विषय टोलटोलदेखि राष्ट्रियस्तरसम्म बहसको विषय भएको उनको भनाइ थियो। सांसद थापाले बहस व्यक्ति केन्द्रित गर्न कांग्रेस लागि परेको बताए। उनले कास्की जिल्ला अदालतमा विचाराधीन विषय सदनमा कसरी बहसको विषय बन्न सक्छ भन्दै प्रश्न गरे।

‘सूर्यदर्शनको विषय कास्की जिल्ला अदालतमा विचाराधीन विषय हो। अदालतमा विचाराधीन विषय यहाँ बहसको विषय हुन्न भन्ने थाहा छ थाहा पाएर पनि उठाएका छौं। सहकारी विषयमा छलफल गरेर निष्कर्षमा पुर्‍याउन हैन गठबन्धनमा भ्वाङ्ग पार्न सकिन्छ कि भनेर उठाइएको छ,’ उनले भने।

प्रकाशित: २८ चैत २०८० १२:४० | Wednesday, April 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast