माओवादीले भन्यो : संसदीय छानबिन समिति बन्दैन

हिमाल प्रेस २६ चैत २०८० १५:४१
22
SHARES
माओवादीले भन्यो : संसदीय छानबिन समिति बन्दैन

काठमाडौँ- सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्नेबारे कांग्रेसको माग नै गलत भएको बताएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम ठगीको आरोप लागेका उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

सभामुख देवराज घिमिरेले सोमबार राखेको प्रमुख दलका नेताहरूको बैठकपछि मुख्य सचेतक पाण्डेले कांग्रेसको माग नै ठिक नभएको दाबी गरे। उनले भने, ‘प्रमुख प्रतिपक्षले उठाएको विषय सही छैन। कार्यतालिकाअनुसार सदन अघि बढ्छ। वेल घेराउ गरेर सदन अघि बढ्छ ? छानबिन समिति सम्भव छैन।’

पाण्डेले समयको चापले आज विस्तृत छलफल हुन नसकेको बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही विषय कांग्रेसलाई जानकारी गराएको उनले बताए।

प्रकाशित: २६ चैत २०८० १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =