यस्तो छ ‘मीरा’को ट्रेलर

हिमाल प्रेस २१ चैत २०८० १०:५७ | Wednesday, April 3, 2024
यस्तो छ ‘मीरा’को ट्रेलर

काठमाडौँ- फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको संघर्षपूर्ण कथा देखाइएको छ।

फिल्म अनिता पण्डितले निर्देशन गरेकी छन्। फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छिन्। फिल्ममा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेलगायत काकारको अभिनय छ।

फिल्म बच्चामा देखिएको अस्वाभाविक सजग मानसिकस्थिति (अटिजम)को समस्या र कसैसँगको व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा आधारित छ।

अनिल कटुवालको छायांकन, विजेश पौडेलको सम्पादन रहेको फिल्म आश्वि फिल्मस्को ब्यानरमा बनेको छ। फिल्मका निर्माता विशाल घिमिरे तथा अनिता पण्डित हुन्।

यस्ताे छ ट्रेलर 

प्रकाशित: २१ चैत २०८० १०:५७ | Wednesday, April 3, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast