नाउपा अध्यक्ष रन्जिताले बागमती प्रदेश अध्यक्षलाई पार्टीबाट निकालिन्

हिमाल प्रेस २० चैत २०८० ९:५६ | Tuesday, April 2, 2024
नाउपा अध्यक्ष रन्जिताले बागमती प्रदेश अध्यक्षलाई पार्टीबाट निकालिन्

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)का बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ सो पार्टीबाट निस्कासित भएका छन्।

नाउपाकी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले विज्ञप्ति जारी गर्दै तामाङलाई पार्टीबाट निस्कासन गरिएको जानकारी दिएकी हुन्। तामाङ नाउपाका संस्थापक नेता रेशमलाल चौधरी निकट मानिन्छन्।

हाल नाउपामा चौधरी र उनकी पत्नीसमेत रहेकी रञ्जिताबीच तीव्र मतभेद छ।

सोमबार काठमाडौँको अनामनगरमा बसेको नाउपा केन्द्रीय कमिटीको बैठकमा रेशम पक्षका नेताहरूबाट रञ्जिता पक्षका दुईजना नेतामाथि कुटपिट भएको थियो।

सो कुटपिटमा तामाङको संलग्नता रहेको भन्दै अध्यक्ष श्रेष्ठले उनलाई पार्टीबाट निस्कासन गरिएको बताएकी छन्।

प्रकाशित: २० चैत २०८० ९:५६ | Tuesday, April 2, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast