अब दायाँबायाँ नगरी वैकल्पिक शक्ति बनाउन सबै एकढिक्का भएर लागौं : बाबुराम भट्टराई

हिमाल प्रेस १७ चैत २०८० १८:०५ | Saturday, March 30, 2024
अब दायाँबायाँ नगरी वैकल्पिक शक्ति बनाउन सबै एकढिक्का भएर लागौं : बाबुराम भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अब दायाँबायाँ नगरी वैकल्पिक शक्ति बनाउन सबै एकढिक्का भएर लाग्नुपर्ने बताएका छन्।

नेसपा बागमती र गैरभौगोलिक प्रदेशको संयुक्त आयोजनामा अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै डा.भट्टराईले वैकल्पिक शक्ति बनाएरै छाड्ने बताए।

उनले नेपाल समाजवादी पार्टीले बोकेको एजेन्डा अरू पार्टीकोभन्दा विल्कुलै अग्रगामी रहेको बताए। उनले नेसपासँग देश विकासको स्पष्ट मार्गचित्र रहेको पनि बताए।

उनले विगतमा वैकल्पिक शक्ति भने पनि सत्ताको च्याँखे थाप्ने पार्टीजस्तो भएकाले जनताले आफूहरूलाई विश्वास नगरेको बताए।

अब सत्ताको च्याँखे थापेर पार्टीमा रहनेहरू गइसकेकाले अब शुद्ध वैकल्पिक तथा अग्रगामी सोचका पक्षधर मात्र भएको बताए। ‘उनले भने,‘सत्ताको चास्नी खान चाहनेहरू हाम्रो अभियानमा टिक्न सकेनन्।’

उनले कांग्रेस र कम्युनिस्टले देशलाई निकास दिन नसक्ने भएकोले वैकल्पिक शक्तिको अपरिहार्यता झन बढेको बताए।

प्रकाशित: १७ चैत २०८० १८:०५ | Saturday, March 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast