टस जितेर फिल्डिङमा नेपाल, धामी र घर्ती बाहिर

हिमाल प्रेस १७ चैत २०८० १३:०४ | Saturday, March 30, 2024
टस जितेर फिल्डिङमा नेपाल, धामी र घर्ती बाहिर

काठमाडौँ। नेपाल ‘ए’ ले दोस्रो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर हेमन्त धामी र विकेटकिपर अर्जुन घर्ती आजको खेलमा बेन्चमा छन्। स्पिन अलराउन्डर विपिन खत्री र पवन सरार्फ आज नेपालको प्लेइङ ११ मा छन्।

नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो।

प्रकाशित: १७ चैत २०८० १३:०४ | Saturday, March 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast