‘ईश्वर’को फस्टलुक पोस्टर सार्वजनिक

हिमाल प्रेस १७ चैत २०८० १०:२३ | Saturday, March 30, 2024
‘ईश्वर’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ- राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘ईश्वर’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ।

आगामी वर्ष २०८१ को मंसिर १४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक पोस्टरमा पात्रहरुको मनोदशा प्रस्तुत गरिएको छ ।

अभिनेता पृथ्वीराज प्रसाईं रिसाहा मुद्रामा चित्रित छन् भने अभिनेत्री अनु शाह घाइते अवस्थामा प्रस्तुत छिन् । सिनेमाले अपराधको कथा बोल्ने पोस्टरले संकेत गर्छ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको निर्माता हरिबहादुर थापा र शंकर गिरी हुन्। यो सिनेमामा भोजराज देवकोटाको पटकथा तथा संवाद लेखन छ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको सिनेमामा सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रवीन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारी लगायतको पनि अभिनय छ। यो सिनेमाबाट अभिनेत्री अनु शाहले ५ वर्षपछि कमब्याक गरेकी छन्। पछिल्लो पटक उनी ‘पसिना’मा देखिएकी थिइन्।

अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको सिनेमालाई उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्नेछ।

प्रकाशित: १७ चैत २०८० १०:२३ | Saturday, March 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast