कर्णाली पुलबाट हाम फाल्ने युवक मृत फेला

हिमाल प्रेस १५ चैत २०८० १७:२० | Thursday, March 28, 2024
कर्णाली पुलबाट हाम फाल्ने युवक मृत फेला

काठमाडौँ- चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत फेला परेका छन्। कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही मृत फेला परेका हुन्।

गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका शाहीको शव बिहीबार टिकापुर–२ संकटी घाटमा भेटिएको कैलालीका एसपी पदम विष्टले बताए। शाहीको शव दुर्घटनास्थलबाट करिब १५ किलोमिटर तल भेटिएको एसपी विष्टले जानकारी दिए।

घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी थालेको थियो। उनको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सातजनाको गोताखोर टोली परिचालन गरिएको थियो।

पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए। हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए। पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ।

उक्त घटनाबारे अनुसन्धान गर्न पुलबाट हाम फाल्ने आठ जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो।

प्रकाशित: १५ चैत २०८० १७:२० | Thursday, March 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast