उपयुक्त साे नपाएको भन्दै ‘सलीना’को प्रदर्शन स्थगित

हिमाल प्रेस १५ चैत २०८० १२:०७ | Thursday, March 28, 2024
उपयुक्त साे नपाएको भन्दै ‘सलीना’को प्रदर्शन स्थगित

काठमाडौँ- हलमा कम साे पाएको भन्दै निर्माण टिमले फिल्म ‘सलिना’को प्रदर्शन मिति स्थगित गरेको छ। हलले राम्रो र उपयुक्त  साे नदिएको भन्दै फिल्मको प्रदर्शन स्थगित गरिएको निर्देशक तेजसराज जोशीले बताए। ‘हलले हामीलाई बिहानको मात्रै साे दियो। बिहानै को जान्छन् र? पहिलो दिन उपयुक्त सो त दिनुपर्यो नि।’ उनले भने।

फिल्म चैत १६ अर्थात् शुक्रबार(भोलि)देखि प्रदर्शन गर्ने निर्माण टिमको तयारी थियो।

तेजसराज जोशीले निर्देशन गरेको फिल्ममा उनकै कथा र संवाद छ। राजकुमारीको कथामा आधारित फिल्ममा सगिन महर्जन, अविनाशसिंह थारु र शिरभा मानन्धर ग्राफिक कलाकारमा छन्। निर्देशक जोशीसहित कृष्णा राजकर्णीकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदिति ज्ञवाली, एज्मे कुँइकेल, झरना राई, सुशील नेपाल, देव न्यौपानेलगायत कलाकारले फिल्मको स्वरांकन गरेका छन्।

नेपालमा बनेको पहिलो एनिमेटेड फिल्म बनेको निर्माण टिमको दाबी छ। फिल्म नेपालीसहित हिन्दी र अंग्रेजी भाषामा पनि प्रदर्शन हुनेछ। फिल्म शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेका छन्। निर्देशक जोशी र श्रुति श्रेष्ठ निर्माता रहेको फिल्म रेन मेकर एनिमेसन एकेडेमीको ब्यानरमा बनेको छ।

प्रकाशित: १५ चैत २०८० १२:०७ | Thursday, March 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast