गतवर्ष एसईई दिँदै विद्यार्थी। फाइल तस्बिर।
काठमाडौँ- यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ।
आज बिहान ८ बजेदेखि विद्यार्थीले अनिवार्य अंग्रेजीको परीक्षा लेख्दैछन्।
परीक्षा २७ गतेसम्म चल्नेछ। राष्ट्रिय परीक्षा बोर्डको तथ्यांक अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन्।
एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न केन्द्राध्यक्ष लगायत जनशक्तिलाई तालिम दिइएको थियो।

प्रकाशित: १५ चैत २०८० ९:२७ | Thursday, March 28, 2024
प्रतिक्रिया




