‘महाजात्रा’लाई ओलीले दिए ‘१० नम्बरमा ९.५’

हिमाल प्रेस १३ चैत २०८० ९:५९ | Tuesday, March 26, 2024
‘महाजात्रा’लाई ओलीले दिए ‘१० नम्बरमा ९.५’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘महाजात्रा’ राम्रो लागेको बताएका छन्।

सोमबार बेलुकी श्रीमती राधिका शाक्य तथा एमाले नेताहरूसँग सुन्धाराको सिटिसी मलस्थित सीडीसी सिनेमाजमा फिल्म हेरेपछि ओलीले फिल्म निकै मन परेको प्रतिक्रिया दिएका हुन्।

यस्तै उनले ‘महाजात्रा’लाई १० नम्बरमा ९.५ नम्बर दिएका छन्। उनले भने, ‘फिल्मलाई १० मा १० अंक दिन केही राजनीतिका विषयले रोक्यो, त्यसकारण ०.५ घटाएँ।’

अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, नेतृ कोमल वलीसहित ४० जना एमाले नेताको टोली ‘महाजात्रा’ हेर्न गएको थियो।

यसअघि ओलीले महाजात्रा हेर्न जान अनुरोध पनि गरेका थिए। सामाजिक सन्जालमार्फत ओलीले हास्यव्यंग्य फिल्म हेर्न जान अनुरोध गरेका हुन्।

प्रकाशित: १३ चैत २०८० ९:५९ | Tuesday, March 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast