काठमाडौँ- फिल्म ‘द रेड सुटकेस’को टिजर सार्वजनिक भएको छ। चैत ३० मा प्रदर्शन हुने फिल्मको सोमबार टिजर सार्वजनिक गरिएको हो।
५२ सेकेन्डको टिजरमा एक युवक मध्यरातमा सडक र समुन्द्रतिर रेड सु्टकेस घिसार्दै हिंडिरहेको देखिन्छ। अन्धकार कोठाभित्र जब उसले त्यो सुटकेस खोल्छ, बच्चा चिच्याइरहेको आवाज सुनिन्छ। आप्रवासी नेपाली कामदारको कथामा आधारित टिजरले फिल्मको रहस्यमयी कथा भनिरहेको छ।
फिडेल देवकोटाको लेखन र निर्देशनमा बनेको फिल्ममा कलाकार प्रवीण खतिवडा, सौगात मल्ल, सृष्टि श्रेष्ठ, विपिन कार्कीलगायत कलाकारको अभिनय छ।
फिल्म सुशन प्रजापतिले छायांकन र समन अलभितिगाले सम्पादन गरेका हुन्। यो फिल्म ८० औं भेनिस फिल्म फेस्टिभल र स्वीट्जरल्याण्डको जुरिच सिनेमा महोत्सवमा प्रिमियर गरिएको थियो।
प्रकाशित: १२ चैत २०८० १८:१४ | Monday, March 25, 2024
प्रतिक्रिया




