‘महाजात्रा’को दुई दिनको कमाइ ३ करोड ६ लाख

हिमाल प्रेस ११ चैत २०८० ११:५० | Sunday, March 24, 2024
‘महाजात्रा’को दुई दिनको कमाइ ३ करोड ६ लाख

काठमाडौँ- शुक्रबारदेखि हलमा लागेको फिल्म ‘महाजात्रा’ले दुई दिनमा ३ करोड ६ लाखको ग्रस व्यापार गरेको निर्माताले दाबी गरेका छन्।

निर्माताले सार्वजनिक गरेको आँकडा अनुसार यो चलचित्रले रिलिजको पहिलो दिन १ करोड २३ लाख बराबरको ग्रस व्यापार थियो।

शनिबार सार्वजनिक बिदाको दिन भएको कारण देशभर हलहरू थप भएको र अकुपेन्सी पनि बढी भएको थियो। शनिबार यो चलचित्र करिब ३०० शो संख्यामा चलेको थियो। आइतबार पनि होलीको कारण सार्वजनिक बिदा भएकोले व्यापारमा उत्साह रहने अनुमान गरिएको छ।

यो फिल्म सिरिजका अघिल्ला दुई ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलताको कारण पनि ‘महाजात्रा’ प्रतीक्षित थियो। प्रिमियरबाट यसले अत्यन्तै सुखद प्रतिक्रिया पाएको थियो।

प्रदीप भट्टराई निर्देशित यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रबिन्द्र सिंह बानियाँ, दिव्य देव, राजाराम पौडेल, शिशिर वाङ्देल, मोहन निरौला, पुष्कर गुरुङ, प्रकाश घिमिरे, गौमाया गुरुङ, दिव्य देव, रजनी गुरुङ, सुमन कार्की, प्रवीण खतिवडा, अर्बिन खड्का, अवन राज उप्रेती, घनश्याम जोशी, रमा थपलिया, सिद्धिका चौहान, कायरा कार्की लगायतको अभिनय रहेको छ।

 

प्रकाशित: ११ चैत २०८० ११:५० | Sunday, March 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast