‘डिग्री माइला’ ट्रेलरः शिक्षक बन्न संघर्ष र विद्यालयको राजनीति

हिमाल प्रेस ९ चैत २०८० १७:३९ | Friday, March 22, 2024
4
SHARES
‘डिग्री माइला’ ट्रेलरः शिक्षक बन्न संघर्ष र विद्यालयको राजनीति

काठमाडौँ- फिल्म ‘डिग्री माइला? एम ए थर्ड क्लास’को ट्रेलर सार्वजनिक भएको छ। रामबाबु गुरुङ निर्देशित फिल्मकाे ट्रेलरमा थर्ड डिभिजनमा  डिग्री (मास्टर) पास गरेका एक व्यक्तिले शिक्षक बन्न गरेको संघर्ष र विद्यालयको राजनीति ट्रेलरमा देख्न सकिन्छ। फिल्म चैत ३० मा प्रदर्शन हुनेछ।

फिल्ममा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन्।फिल्म ‘डिग्री माइला’ नाटकमा आधारित छ। नाटक २०६९ साल फागुनमा पहिलोपटक मञ्चन गरिएको थियो। नाटकका लेखक सायद अशोक हुन्। नाटक दयाहाङले नै निर्देशन गरेका थिए।

फिल्ममा अन्य कलाकार आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ। बाँसुरी फिल्मस्को ब्यानरमा बनेको फिल्मको ट्यागलाइन चर्चित नेपाली उखान ‘किन चाउरियो मरिच, आफ्नै रागले’ भन्ने राखिएको छ।

प्रकाशित: ९ चैत २०८० १७:३९ | Friday, March 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast