आईसीसीबाट क्रिकेटको विकासमा सहयोग हुने अपेक्षा छ : प्रधानमन्त्री

हिमाल प्रेस ७ चैत २०८० १६:३७ | Wednesday, March 20, 2024
आईसीसीबाट क्रिकेटको विकासमा सहयोग हुने अपेक्षा छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष जर्ज बार्क्लेले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो।

अवसरमा प्रधानमन्त्री प्रचण्डले आईसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए।

‘नेपाल सरकारले क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘सन् २०२७ को ‘यू-१९ वुमन वर्ल्ड कप’ का लागि नेपाल सरकारले निकै महत्त्व दिएको छ। आईसीसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ।’

अध्यक्ष बार्क्लेले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आईसीसीले सहयोग गर्ने वचन दिएका छन्।

प्रकाशित: ७ चैत २०८० १६:३७ | Wednesday, March 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast