म्यानपावरले दक्षिण कोरिया र इजरायल कामदार पठाउन तत्काल पाउँदैनन् : श्रममन्त्री अर्याल

हिमाल प्रेस ६ चैत २०८० १७:५४ | Tuesday, March 19, 2024
म्यानपावरले दक्षिण कोरिया र इजरायल कामदार पठाउन तत्काल पाउँदैनन् : श्रममन्त्री अर्याल डीपी अर्याल।

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी) ले म्यानपावर कम्पनीले दक्षिण कोरिया र इजरायल कामदार पठाउन तत्काल नपाउने बताएका छन्।

श्रम मन्त्रालयमा मंगलबार पत्रकारसँग कुराकानीमा उनले कोरिया र इजरायल कामदार सरकारले मात्र पठाउने बताए। अहिले बजारमा हल्ला भएजस्तो दुवै देशमा कामदार पठाउने जिम्मा म्यानपावरलाई नदिएको उनले बताए।

‘श्रम मन्त्रालयले विगतमा भएका केही सहमति र नीतिहरूमा अध्ययन गरिरहेको छ। त्यसमा पनि कोरिया र इजरायल विषयमा पनि अध्ययन अनुसन्धान भइहरेको छ। अहिले मिडियामा समाचार आएजस्तो दुवै देशमा म्यानपावरले कामदार पठाउन पाउँदैनन्,’उनले भने।

तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीको कार्यकालमा भएका नीतिगत निर्णयमाथि कार्यदल बनाएर अध्ययन गरिरहेको उनले बताए। विगतमा श्रमिकलाई मार पर्ने केही निर्णय गरेको भए त्यस्ता निर्णय खारेज गरिनेसमेत मन्त्री अयार्लले जानकारी दिए।

प्रकाशित: ६ चैत २०८० १७:५४ | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast