साझा प्रकाशनको रुग्ण अवस्थाप्रति संसद्‌मा सरकारको ध्यानाकर्षण

हिमाल प्रेस ६ चैत २०८० १३:२२ | Tuesday, March 19, 2024
साझा प्रकाशनको रुग्ण अवस्थाप्रति संसद्‌मा सरकारको ध्यानाकर्षण प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै नेकपा एमालेका सांसद रघुजी पन्त। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले साझा प्रकाशनको रुग्ण अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।  प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सम्बोधन गर्दै पन्तले त्यहाँका कर्मचारीले लामो समयदेखि बिनातलब काम गरिरहेको भन्दै उनीहरूलाई नियमित तलबको व्यवस्था गर्न माग गरेका हुन्।

उनले भने, ‘साहित्यिक संस्थामा काम गर्ने कर्मचारीलाई भोकै मर्न दिनु हुँदैन।’ राणा शासकहरूले राज्यको लगानीमा गोरखा भाषा प्रकाशनी भनेर खोलेको उत्तराधिकारी संस्था साझाको दयनीय अवस्थाप्रति प्रश्न गर्दै पन्तले भने, ‘हामीले निरंकुश भनेर गाली गर्ने राणाहरूले समेत भाषा र साहित्यका लागि ढोका खोलेका थिए भने आज हामी टुलुटुलु हेरेर बस्न मिल्छ?’

गोरखा भाषा प्रकाशिनी समिति, नेपाली भाषा प्रकाशिनी समिति हुँदै साझा प्रकाशन जन्मिएको हो। पन्तले भने, ‘साझा प्रकाशनले नेपालका धेरै महत्त्वपूर्ण अन्तर्राष्ट्रिय स्तरका कृतिहरूलाई नेपाली भाषामा नेपाली पाठकमाझ पुर्‍याउने काम गरेको थियो। साझा आज रुग्ण अवस्थामा छ र त्यहाँका कर्मचारीहरु तलब खान नपाएर भोकभोकै मर्ने अवस्थामा छन्।’

प्रकाशित: ६ चैत २०८० १३:२२ | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast