माओवादीले गर्ला महरालाई कारबाही?

हिमाल प्रेस ६ चैत २०८० ७:०४ | Tuesday, March 19, 2024
माओवादीले गर्ला महरालाई कारबाही?

काठमाडौँ- सत्तारुढ दल माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ।

पदाधिकारी बैठक मंगलबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो। पछिल्लो राजनीति घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल हुने पार्टी स्रोतले बताएको छ।

सुन प्रकरणमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि प्रचण्डले बैठक बोलाएको हो।

माओवादीका एक नेताका अनुसार महरासहित विवादमा परेका नेताहरूका बारेमा छलफल हुने छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई केही पदाधिकारीले महरालाई पार्टीबाट तत्काल निलम्बन गरेर अघि बढ्नुपर्ने दबाब दिइरहेको ती नेताले बताए। यता प्रचण्ड  यस विषयमा दोधारमा रहेको बताइएको छ।

प्रकाशित: ६ चैत २०८० ७:०४ | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast