उपाध्यक्ष महरा पक्राउ परेपछि प्रचण्डले बोलाए पार्टी पदाधिकारी बैठक

हिमाल प्रेस ५ चैत २०८० १७:५२ | Monday, March 18, 2024
उपाध्यक्ष महरा पक्राउ परेपछि प्रचण्डले बोलाए पार्टी पदाधिकारी बैठक

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। पार्टीका उपाध्यक्षसमेत रहेका कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेपछि दाहालले यसबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन्।

प्रचण्डले मंगलबार बिहान ८ बालुवाटारमा बस्ने गरी पदाधिकारी बैठक बोलाएको उपाध्यक्ष पम्फा भुसालले जानकारी दिइन्।

उनका अनुसार बैठकमा नेताहरूको कार्यविभाजनबारे छलफल हुनेछ। तर, स्रोतका अनुसार बैठक सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष महराका विषयमा पनि छलफल हुनेछ। उपाध्यक्ष महरालाई सोमबार बिहान प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो।

प्रकाशित: ५ चैत २०८० १७:५२ | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast