सम्पत्ति शुद्धीकरणसम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभामा पेस हुँदै

हिमाल प्रेस ५ चैत २०८० ८:४२ | Monday, March 18, 2024
सम्पत्ति शुद्धीकरणसम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभामा पेस हुँदै

काठमाडौँ- संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक वडापत्र माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

बैठकमा आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहनेछ।

 

प्रकाशित: ५ चैत २०८० ८:४२ | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast