राजदूत लोरेन्जोले सुरु गरिन् ‘कलाशाला’

हिमाल प्रेस २ चैत २०८० १७:१८ | Friday, March 15, 2024
राजदूत लोरेन्जोले सुरु गरिन् ‘कलाशाला’

काठमाडौँ– युरोपियन युनियन(ईयु)की राजदूत भेरोनिक लोरेन्जोको उपस्थितिमा अन्तर्राष्ट्रिय ‘कलाशाला’ कार्यशाला सुरु भएको छ। शुक्रबार राजधानीको एयरपोर्टस्थित ‘होटेल एयरपोर्ट’मा लोरेन्जोले कार्यशालाको उद्घाटन गरेकी हुन्। कार्यशाला उद्घाटन र कला अवलोकन गर्दै उनले कलामार्फत् नै फरक देश, फरक संस्कृति र फरक धारका मानिसबीच एक–अर्कामा एकता सम्भव भएको बताइन्।

‘सांस्कृतिक विविधताबीच कलाले एकता ल्याउँछ,’ उनले भनिन्, ‘कलाकारहरूका लागि कलाको प्रदर्शन गर्ने यो महत्वपूर्ण अवसर पनि हो।’ कला नै सबै देश, संस्कृति र मानिसलाई जोड्ने केन्द्रका रुपमा रहेको उनले सुनाइन्। कार्यशालामा सहभागी भारतका कलाकार प्रवीण कर्माकारले कार्यशालाले हाम्रो कला, संस्कृति र सांस्कृतिक सम्पदाको आदानप्रदान र थाहा पाउन सकिने बताए।

यसबाट हामीले कलाबारे एक–अर्कामा सिक्न समेत पाउने उनको भनाइ छ। ५ गतेसम्म जारी रहने ‘कलाशाला’ शीर्षक कार्यशालामा नेपालसहित भारत, ताइवान, बंगलादेश, इरान लागयत देशका १ सय भन्दा बढी कलाकारहरू सहभागी छन्। कलाकारहरूले कला मार्फत् नै प्रकृति, धर्म, संस्कृति, समाज, मानव लगायतका विषयलाई उजागर गरेका छन्। कलालाई वाटर, एक्रेलिक, प्रिन्ट, पेन एण्ड इन्क, पेन्सिल, डिजिटल आर्ट, मूर्तिकला लगायतका मध्यममा प्रस्तुत गरिएका छन्।

३ गते बिहान ८ बजे कलाकारहरूसँग पाटन दरवार क्षेत्रमा भ्रमणपछि दिउँसो १ बजे नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आर्ट ग्यालरीमा जाने आकार सेन्टरकी अध्यक्ष तथा कलाकार अनिता भट्टराईले बताइन्। उनका अनुसार ४ गते भने कलाकारहरूले पशुपतिनाथ दर्शन र भ्रमण गर्नेछन्। ‘होटेल एयरपोर्ट’ मा कला प्रदर्शनी भने जारी नै रहनेछ। ४ गते नै समापन समारोह पछि ५ गते कलाकारहरूको बिदाइ हुनेछ।

कार्यशालामा सिर्जना भएका कलाकृति बिक्री गरेर आएको ५० प्रतिशत रकम ‘सफलता एच.आई.भी.शिक्षा सदन’लाई प्रदान गरिने भएको छ।
कलाको विस्तार र विकासका लागि सबैजना कलाकारहरू एकै हुनुपर्ने सन्देश लिएर कार्यशाला सुरु गरिएको भट्टराईले सुनाइन्। यसमा कलाका लागि चाहिने एकता र सिर्जनात्मक पक्षको विकास हुने उनको मत छ।

कार्यशालालाई ‘इन आर्ट वल्र्ड’को आयोजनामा आकार सेन्टर र ‘नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज’ले संयोजन गरेको हो।

प्रकाशित: २ चैत २०८० १७:१८ | Friday, March 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast