अहिले जनताले रुचाउने गठबन्धन बनेको छ : प्रवक्ता सापकाेटा

हिमाल प्रेस २ चैत २०८० १२:३२ | Friday, March 15, 2024
अहिले जनताले रुचाउने गठबन्धन बनेको छ : प्रवक्ता सापकाेटा अग्नि सापकोटा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले अहिले जनताले रुचाउने खालको गठबन्धन बनेको दाबी गरेका छन्।

रासससँग कुरा गर्दै सापकोटाले वर्तमान सत्ता समीकरणमा समस्या नआउने दाबी गर्दै स्वाभाविकरूपमा अघि बढ्ने बताए।

उनले भने,‘त्यति धेरै ठूलो समस्या आउँदैन। यसअघिको भन्दा वर्तमान गठबन्धन प्राकृतिक र स्वाभाविक छ। जनताले रुचाउने खालको गठबन्धन बनेको छ। यसलाई प्रगतिशील,पविर्तनशील,अग्रगामी गठबन्धन भन्दा हुन्छ। यो फेरबदलले धेरै ठूलो समस्या ल्याउँदैन।’

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन्।

हालको गठबन्धनमा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टीलगायत छन्।

प्रकाशित: २ चैत २०८० १२:३२ | Friday, March 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast