काठमाडौँ- आम जनता पार्टी(आजपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ।
प्रभु साह नेतृत्वको सोही पार्टीले मत दिने निर्णय गरेको आजपा नेता राजेश साहले जानकारी दिए। आजपाबाट प्रभु साह नै एक्ला सांसद हुन्।
यस्तै नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले मत नदिने भएको छ। नेमकिपाले निर्णय नै गर्दै विपक्षमा मत हाल्ने भएको छ।
नेमकिपाका प्रतिनिधिसभामा प्रम सुवाल एक्ला सांसद हुन्। आजै प्रधानमन्त्रीले विश्वासको मत लिँदैछन्।
उनका पक्षमा नेकपा एमाले, रास्वपालगायतका पार्टी छन् भने विपक्षमा नेपाली कांग्रेस, राप्रपा र लोसपा छन्।
प्रकाशित: ३० फागुन २०८० ११:२६ | Wednesday, March 13, 2024
प्रतिक्रिया




